वस्तुगत वहुवैकल्पिक प्रश्न(५०×२ अंक)


वस्तुगत वहुवैकल्पिक प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अंक पनि कट्टा गरिने छैन ।


सौर्यमण्डल/ब्रह्माण्ड टपिकको तयारी गर्दा ग्रहहरुको विशेषता, ग्रहहरुको उपग्रहको संख्या, ग्रहरुको व्यास, सूर्यलाई परिक्रमा गर्दा लाग्ने समय त्यसैगरी परिभ्रमण, आफ्नो अक्ष भ्रमणमा लाग्ने समय लाई बढी प्राथमिकता दिनुहोला । लोकसेवा लगायत अन्य परिक्षामा यही sub-topic बाट बढि प्रश्न सोधिन्छ


1. चम्किलो र तातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   वृहस्पति
B   शुक
C   मंगल
D   शनि

2. यम ग्रहलाई कहिले ग्रहको सूचिबाट हटाइयो ?
A   सन् २००५
B   सन् २००७
C   सन् २००६
D   सन् २०१५

3. प्रकाशले एक वर्षमा पुरा गर्ने दुरीलाई के भनिन्छ ?
A   माथिका सबै
B   किरण वर्ष
C   उज्यालो वर्ष
D   प्रकश वर्ष

4. सुर्यको चुम्बकीय क्षेत्र कति वर्षमा उल्टिने गर्दछ ?
A   १० वर्ष
B   १२ वर्ष
C   ११ वर्ष
D   १३ वर्ष

5. सबैभन्दा चम्किलो ग्रह कुन हो ?
A   बुध
B   शनि
C   पृथ्वी
D   शुक्र

6. पृथ्वीसँग मिल्दोजुल्दो वातावरण भएको ग्रह कुन हो ?
A   वृहस्पति
B   मंगल
C   शनि
D   शुक्र

7. सबैभन्दा छोटो दिन हुने ग्रह कुन हो ?
A   अरुण
B   शनि
C   वृहस्पति
D   बरुण

8. पृथ्वी ग्रहलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्दछ ?
A   ३६५ दिन ६ घण्टा ४८ मिनेट ४५ सेकेण्ड
B   ३६५ दिन ४ घण्टा ४८ मिनेट ४५ सेकेण्ड
C   ३६५ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्ड
D   ३६५ दिन ३ घण्टा ४८ मिनेट ४५ सेकेण्ड

9. मंगल ग्रहलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्दछ ?
A   ६८९ दिन
B   ६८७ दिन
C   ६८८ दिन
D   ६८५ दिन

10. अरुण ग्रहलाई सुर्य ग्रहको परिक्रमा गर्न कति वर्ष लाग्छ ?
A   ८४ वर्ष
B   ८६ वर्ष
C   ८७ वर्ष
D   ८५ वर्ष

11. सिडरल मन्थको भन्दा सिनोडिक मन्थको अवधि भन्दा कति बढी हुन्छ ?
A   २ दिन ३ घण्टा
B   २ दिन ५ घण्टा
C   २ दिन २ घण्टा
D   २ दिन ४ घण्टा

12. पृथ्वीको औषत तापक्रम कति छ ?
A   १५ डिग्री सेल्सियस
B   १४ डिग्री सेल्सियस
C   १६ डिग्री सेल्सियस
D   १७ डिग्री सेल्सियस

13. एका पट्टी तातो र अर्को पट्टी चिसो हुने ग्रह कुन हो ?
A   शनि
B   वृहस्पति
C   शुक्र
D   बुध

14. Mother Planet भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   पृथ्वी
B   शुक्र
C   वृहस्पति
D   शनि

15. युद्ध देवता भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   मंगल
B   शुक्र
C   बुध
D   अरुण

16. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
A   वृहस्पति
B   शनि
C   पृथ्वी
D   अरुण

17. जिवाश्म उपग्रह भनेर कुन उपग्रहलाई चिनिन्छ ?
A   ट्राइटन
B   लिडा
C   डिबोस
D   चन्द्रमा

18. सुर्यबाट प्राप्त उर्जा बादलले कति प्रतिशत सोस्दछ ?
A   १५ प्रतिशत
B   ५ प्रतिशत
C   १४ प्रतिशत
D   ४ प्रतिशत

19. डिबोस र फोवोस पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A   जुलियस सिजर
B   जोहान गाले
C   आसाफ हल
D   ग्यालिलि ग्यालिलियो

20. सेनझाउ ११ के हो ?
A   भारतले प्रक्षेपण गरेको मानव सहितको अन्तरिक्ष यान
B   अमेरिकाले प्रक्षेपण गरेको मानव सहितको अन्तरिक्ष यान
C   चिनले प्रक्षेपण गरेको मानव सहितको अन्तरिक्ष यान
D   रुसले प्रक्षेपण गरेको मानव सहितको अन्तरिक्ष यान

21. माटो विना समुन्द्रमा खेती गरिने तरिकालाई के भनिन्छ ?
A   माथिका दुवै
B   दुवै होइन
C   हाइड्रोपोनिक्स
D   हाइड्रोपोलियो

22. यदि पृथ्वी अक्ष भ्रमणपथमा ६६.५ कोणले नढल्की सिधा भएको भए के हुन्थियो ?
A   सालभरी दिन
B   माथिका दुवै होइन
C   सालभरी रात
D   माथिका दुवै

23. कुन कुन विचको दुरीलाई आकाशीय एकाई भनेर समेत चिनिन्छ ?
A   सुर्य र मंगल
B   सुर्य र बुध
C   सुर्य र पृथ्वी
D   सुर्य र शुक्र

24. पृथ्वीको गति भन्दा परमाणु घडी कति चलाख छ ?
A   0.7 सेकेण्ड
B   0.6 सेकेण्ड
C   0.8 सेकेण्ड
D   0.9 सेकेण्ड

25. अन्तरिक्षमा बसाइने प्रस्तावित शहरको नाम के हो ?
A   अर्जेन्टिना
B   ओल्गा
C   एलान
D   गेनाल्डी

26. स्थलमण्डलको भित्री कुन धातुबाट बनेको छ ?
A   बेसाल्ट
B   निकेल
C   कोरियम
D   ओस्मियम

27. सर्वप्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ?
A   लुना २
B   स्पूतनिक १
C   स्पुतनिक २
D   लुना १

28. वलय सूर्य ग्रहण भन्नाले के बुझ्नुहुन्छ ?
A   पृथ्वी र चन्द्रमा बिच दुरी बढ्न गई सूर्यको छेउको भाग मात्रको प्रकाश छेकिन गएको अवस्था
B   पृथ्वी र चन्द्रमा बिच दुरी घट्न गई सूर्यको छेउको भाग मात्रको प्रकाश छेकिन गएको अवस्था
C   पृथ्वी र चन्द्रमा बिच दुरी घट्न गई सूर्यको बिचको भाग मात्रको प्रकाश छेकिन गएको अवस्था
D   पृथ्वी र चन्द्रमा बिच दुरी बढ्न गई सूर्यको विच भागको मात्र प्रकाश छेकिन गएको अवस्था

29. शनि ग्रहले सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
A   29.46 वर्ष
B   687 दिन
C   243 दिन
D   28.46 वर्ष

30. चन्द्रमाको सबैभन्दा अग्लो पहाड कुन हो ?
A   एडम्स पिक
B   मुन पिक
C   डारफिल पिक
D   कुनै पनि होइन

31. हेलि पुच्छ्रेतारा कति वर्षको अन्तरालमा देखिन्छ ?
A   35
B   11
C   360
D   76

32. पृथ्वीमा आर्गन ग्यासको मात्रा कति रहेको छ ?
A   0.039 प्रतिशत
B   0.093 प्रतिशत
C   0.93 प्रतिशत
D   1.95 प्रतिशत

33. पृथ्वी बाहिर पनि मानिस भन्दा विकसित प्राणी छन् भन्ने तथ्य तलका कुन विषयसँग सम्बन्धित छ ?
A   UFO
B   एलियन थ्योरी
C   Mantle
D   दि विग ल्याङ थ्योरी

34. हरेक वर्ष ........का दिन सुर्य कर्कट रेखा माथि पर्दछ ?
A   दु्वै हुन्
B   जुन २१
C   दुवै होइनन्
D   डिसेम्वर २२

35. शिशु ग्रहको कुल भार पृथ्वीको ........भाग रहेको छ ?
A   1/30000
B   1/300
C   1/3000
D   1/30

36. अन्य ग्रहहरुको कुल तौल भन्दा सुर्य एक्लैको तौल कति बढी छ ?
A   ७० गुणा
B   ६० गुणा
C   ८० गुणा
D   ९० गुणा

37. हालसम्म पत्ता लागेको सबैभन्दा ठुलो तारापुञ्ज कुन हो ?
A   मिल्की वे
B   BC1201
C   डग स्टार
D   lcllol

38. पृथ्वीको सतह सम्म खस्ने उल्कापिण्डलाई के भनिन्छ ?
A   Metorite
B   Shooting Star
C   Holy Star
D   Milky Rays

39. स्काईल्याव भनेको के हो ?
A   माथिको कुनै पनि होइन
B   मानव निर्मित सर्वप्रथम यान
C   सूर्यको अध्ययन गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान
D   वृहस्पति ग्रहमा पठाइएको मानवयुक्त अन्तरिक्ष यान

40. कुन भनाई सही छ ?
1. पृथ्वीबाट पाँचौ नजिकको ग्रह शनि हो
2. चन्द्रमा पूर्ण आकारमा पृथ्वीको सबैभन्दा नजिक आउने अस्था सुपरमुन हो
3. पृथ्वी र सूर्यबिचको दुरी सबैभन्दा कम हुनुलाई एपिहेलियम भनिन्छ
4. पृथ्वी र सूर्य विचको दुरी सबैभन्दा बढी हुनुलाई पेरिहेलियम भनिन्छ
A   3 र 4 मात्र सही
B   माथिका सबै सही
C   1 र २ मात्र सही
D   1 र 3 मात्र सही

41. सूर्यको सतहमा पाइने ग्यासहरु कुन कुन हुन् ?
A   हिलियम र अक्सिजन
B   हाइड्रुोजन र नाइट्रोजन
C   हाइड्रोजन र हिलियम
D   नाइट्रोजन र हिलियम

42. चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न कति समय लगाउँछ ?
A   25.4 दिन
B   27.32 दिन
C   29.53 दिन
D   28 दिन

43. सौर्यसम्बत 365 दिनको हुन्छ भने चन्द्र सम्बत कति दिनको हुन्छ ?
A   356
B   355
C   354
D   352

44. सौर्यमण्डलमा लामो दिन र छोटो वर्ष भएको एक मात्र ग्रह कुन हो ?
A   वृहस्पति
B   बुध
C   शुक्र
D   पृथ्वी

45. पृथ्वीले आफ्नो अक्षमा घुम्ने गतिलाई परिभ्रमण गति भनिन्छ । पृथ्वी लाई एक परिभ्रमण पूरा गर्न केही समय लाग्छ ।

माथिको कथनमा केही समय भन्ने शब्दले कुन समयलाई बुझाउँछ ?
A   महिना
B   वर्ष
C   ऋतु
D   दिन

46. भनाई मूल्याङ्कन गर्नुहोस
A) सूर्य ग्रहण लान्न पुर्व दिशाबाट शुरु हुन्छ ।
B) सूर्य ग्रहणमा सुर्य, चन्द्रमा, पृथ्वी एउटै दिशामा पर्ने भएकाले सुर्य र चन्द्रमाको विचमा पृथ्वी हुन्छ ।
A   A मात्र ठिक
B   B मात्र ठिक
C   दुवै वेठिक
D   दुवै ठिक

47. सुर्य र पृथ्वी विचको न्युनतम/छोटो दुरी कुन दिन रहेको हुन्छ ?
A   डिसेम्वर २२
B   जनवरी ३
C   जुलाई ४
D   जुन ३१

48. 1 nano second बराबर कति सेकेण्ड हुन्छ ?
A   10-7
B   10-6
C   10-9
D   10-10

49. यम को कतिवटा उपग्रहहरु गरेका छन् ?
A   ८ वटा
B   ४ वटा
C   ६ वटा
D   ५ वटा

50. ग्रहण कति प्रकारको हुन्छ ?
A   ५ प्रकारको
B   ४ प्रकारको
C   ३ प्रकारको
D   २ प्रकारको