वस्तुगत वहुवैकल्पिक प्रश्न(३०×२ अंक)
वस्तुगत वहुवैकल्पिक प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन
र अंक पनि कट्टा गरिने छैन ।
1. संयुक्त राष्ट्र संघ(UNO)को नामाकरण गर्ने श्रेय कसलाई जान्छ ?
A
एन्टोनियो गुटेरस
B
उथान्त वर्मा
C
कोफी अन्नान
D
फ्राङलिन रुजवेल्ट
2. कुन देशका कारण इण्डोनेशियाले UNO को सदस्यता त्यागेको थियो ?
A मलेशिया
B लाओस
C श्रीलंका
D नेपाल
3. संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गर्ने अन्तिम सार्क राष्ट्र कुन हो ?
A श्रीलंका
B नेपाल
C भुटान
D वंगलादेश
4. UNO को अनुसार अल्प विकसित समूहको संख्या कति रहेको छ ?
A ४९
B ४८
C ५०
D ५२
5. संयुक्त राष्ट्रसंघका प्रथम महासचिव को हुन् ?
A कुर्त वाइल्ड हाइम
B डाग ह्यामर सोल्ड
C ट्रिग्वेली
D उथान्त वर्मा
6. UNO ले सन् १९८६ लाई कुन वर्षको रुपमा मनायो ?
A कृषि वर्ष
B धुम्रपान विरुद्ध वर्ष
C स्वच्छ पानी वर्ष
D शान्ती वर्ष
7. संयुक्त राष्ट्रसंघको महासचिवले भाग लिन नपाउने UNO को अंग कुन हो ?
A सचिवालय
B सुरक्षा परिषद्
C अन्तराष्ट्रिय न्यायलय
D महासभा
8. अन्तराष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ रहेको छ ?
A न्यूयोर्क
B हेग
C रोम
D वाशिङटन डिसी
9. संयुक्त राष्ट्र संघ अन्तर्गत आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को क्षेत्रिय कार्यालय कतिवटा छन् ?
A ५ वटा
B ४ वटा
C ६ वटा
D २ वटा
10. राष्ट्रसंघ स्थापना गर्ने सन्धिलाई के भनिन्छ ?
A भर्सिलिज सन्धी
B म्याट्रिच सन्धी
C सुगौली सन्धी
D दिएका सबै
11. विश्व वैंकको स्थापना कहिले भएको हो ?
A सन् १९४३ डिसेम्बर २७
B सन् १९४६ डिसेम्बर २७
C सन् १९४५ डिसेम्बर २७
D सन् १९४२ डिसेम्बर २७
12. मानव तथा जीव समूह नामक कार्यक्रम चलाउने संस्था कुन हो ?
A UNESCO
B WWF
C DANIDA
D UNHCR
13. राष्ट्र संघ(League of Nations) को स्थापना हुँदा संस्थापक सदस्य राष्ट्र कति थिए ?
A २७
B १०
C २५
D ५
14. राष्ट्रसंघीय मिसन UNMIN कहिलेदेखि नेपालबाट औपचारिक रुपमा विदा भयो ?
A २०६७ वैशाख १
B २०६७ माघ १
C २०६७ फागुन १
D २०६७ जेठ १
15. सुरक्षा परिषद् को अस्थायी सदस्यहरुको निर्वाचन कति वर्षको लागि गरिन्छ ?
A २ वर्ष
B ४ वर्ष
C ३ वर्ष
D १ वर्ष
16. आर्थिक तथा सामाजिक परिषद् का ५४ सदस्यहरु कति वर्षको लागि चुनिन्छन् ?
A ३ वर्ष
B २ वर्ष
C १ वर्ष
D ४ वर्ष
17. संयुक्त राष्ट्रसंघको प्रशासकीय अंग कुन हो ?
A सुरक्षा परिषद्
B अन्तराष्ट्रिय न्यायालय
C सचिवालय
D महासभा
18. संयुक्त राष्ट्रसंघको वडापत्रमा १०००० शब्द रहेका छन् भने कति धारा तथ अध्याय रहेका छन् ?
A १११ धारा तथा १९ अध्याय
B १११ धारा तथा १७ अध्याय
C १११ धारा तथा १८ अध्याय
D १११ धारा तथा १६ अध्याय
19. नेपालले संयुक्त राष्ट्र संघको सदस्यताको लागि निवेदन दर्ता गराउँदा कुन भाषाको प्रयोग गरेको थियो ?
A नेपाली
B नेवारी
C मैथली
D तामाङ
20. UNO महासचिवलाई अझ वढी अधिकार दिनु पर्छ भनि प्रस्ताव गर्ने महासचिव को हुन् ?
A उथान्त
B बुद्रोस घाली
C डाग ह्यामर सोल्ड
D वान्की मुन
21. UNO वडापत्रको कुन धारा २ पटक संशोधन भएको थियो ?
A धारा ६१
B धारा ६४
C धारा ६२
D धारा ६३
22. हवाई दुर्घटनामा परि मृत्यु हुने UNO का महासचिव को हुन् ?
A डाग ह्यामर सोल्ड
B कुर्त वाइल्ड हाइम
C हावियर पेरेज द कोयार
D बुद्रोस घाली
23. UNO को महासभामा सबैभन्दा कम समय भाषण(३० सेकेण्ड) गर्ने व्यक्ति को हुन् ?
A कोफी अन्नाल
B दावा छिरिङ
C फिडेल क्यास्ट्रो
D वान्की मुन
24. विश्व वैंकको स्थापना कहिले भएको थियो ?
A १९४७ नोभेम्वर २८
B १९४७ नोभेम्वर १४
C १९४७ नोभेम्वर १५
D १९४७ नोभेम्वर २९
25. अन्तराष्ट्रिय श्रम संगठन (ILO) को स्थापना कहिले भएको हो ?
A सन् १९२०
B सन १९१९
C सन् १९१०
D सन् १९११
26. दक्षिणी सुडान संयुक्त राष्ट्र संघको कति औ सदस्य राष्ट्र हो ?
A १९३ औ
B १९२ औ
C १९४ औ
D १९१ औ
27. कोप सम्मेलन र सम्मेलन सम्पन्न स्थान बिच जोडा मिलाउनुहोस्
1) Cop १ a) जापान
2) Cop २ b) स्वीटजरल्याण्ड
3) Cop ३ c) जर्मनी
4) Cop ४ d) अर्जेन्टिना
A 1c, 2b, 3d, 4a
B 1c, 2d, 3a, 4b
C 1c, 2b, 3a, 4d
D 1c, 2a, 3b, 4d
28. कोप सम्मेलन र सम्मेलन सम्पन्न स्थान बिच जोडा मिलाउनुहोस्
1) Cop 23 a) जर्मनी
2) Cop 24 b) पोल्याण्ड
3) Cop 25 c) स्कटल्याण्ड
4) Cop 26 d) स्पेन
A 1a, 2b, 3c, 4d
B 1a, 2c, 3b, 4d
C 1a, 2b, 3d, 4c
D 1a, 2c, 3d, 4b
29. नेपालले UN को सदस्यता लिँदा नेपाल बाहेक कति देशले सदस्यता लिएका थिए ? (थोरै दिमाग लगाउनुस् है)
A १४ देश
B १३ देश
C १५ देश
D १६ देश
30. विश्व खाद्य कार्यक्रम (World Food Program) को स्थापना कहिले भएको थियो ?
A सन् १९६४
B सन् १९६१
C सन् १९६३
D सन् १९६२